पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर मंगलबार राति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–९ भलवाडकी १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगर, रामपथकी १८ वर्षीया पूर्णिमा उचाइ मगर रहेका छन्।
दुर्घटनामा स्कुटर चालक बाणगंगा–७ बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीले बताए।