दार्चुलामा गोठाला गएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको ब्यास गाउँपालिका–६ बडुगाउँका ५८ वर्षीय सुनादत्त बडू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बुधबार घर नजिकै गोठालो गएका बडू बेलुकासम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए ।
खोजतलासका क्रममा उनी घरदेखि करिब एक किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला हुन् ।
घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।