काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले बुधबार बिहान प्रतिनिधिसभा सचिवमा अधिकारीलाई नियुक्त गर्नका लागि लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।
प्रतिनिधिसभाको सचिव संवैधानिक पद हो । संविधानको धारा १०६ को व्यवस्था बमोजिम सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्छन् ।
