August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

काठमाडौं । प्यूठानमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–१ खैराका १४ वर्षीय बालक नोबेल आचार्य रहेका छन् ।

प्रहरीका अनुसार झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको हो ।

पौडी खेल्दै गर्दा डुबेर अचेत भएका बालकको उपचारका क्रममा प्यूठान अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement