August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

सरकारले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: इन्दिरा रानामगर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

Advertisement

सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर विषयको रूपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पारिन् ।