काठमाडौं । मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
प्रहरीकाअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।
स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।