विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।