August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

प्रहरीलाई अब १५ दिनदिनमै  तलब दिइने

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई अब १५–१५ दिनमा तलब दिने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन्बारे जानकारी दिएको हो ।

प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘अर्थमन्त्रीस्तरको ४ वैशाखको निर्णय र महालेखा नियन्त्रक कार्यालयको २१ वैशाखको पत्रअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतित पश्चात अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको व्यहोरा पत्र प्राप्त हुन आएको हुँदा सोही बमोजिम कार्यान्वय गर्न अनुरोध गरिएको छ ।’

Advertisement