July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु

काठमाडौं- माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ।

छेडा–थलह सडक मर्मतको काममा कार्यरत मजदूर शिवालय गाउँपालिका–९ की ४६ वर्षीया बिर्मा बुढाको मृत्यु भएको हो।

सडकको काम गरिरहेका बेला सोमबार बिहान साढे ११ बजेतिर माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको स्थानीय पूर्ण महताराले बताए। 

Advertisement