November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मन्त्रीको निर्देशनपछि बनाउन थालियो हेवाखोलाको बेलिब्रिज

काठमाडौं । शनिबारको अविरल वर्षापछि आएको बाढीले भत्काएको पाँचथरको हेवा खोलामा वेलिव्रिज निर्माण सुरु भएको छ । बाढीले क्षति पुर्‍याएका भौतिक संरचना २ दिन पछि पुनर्निर्माण सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने फिदिम नगरपालिका र हिलिहाङ गाउँ पलिका विचको हेवाखोलाको पुल बगाएको थियो। पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनर्निर्माण थालिएको छ।

Advertisement

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा प्रभावित क्षेत्र पुगेका थिए । पछि मन्त्री ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि सोमबारदेखि सुरु भएको बेलिव्रिज निर्माण कार्य केही दिनमै सकिने आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए ।