पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ बर्षीय विश्व राज चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो ।
घटना बारे खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई कानूनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
