काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको सो पक्षका सांसद मेटमणि चौधरीले जानकारी दिए।
साथै, समूह परिवर्तन गरेका भनिएका मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमै रहेको बताएका छन्।