July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न देउवाले गरे रामचन्द्र, शशांक लगायतसँग छलफल

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न छलफल गरेका छन् ।

स्रोतका अनुसार सभापति देउवाले आज बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतसँग छलफल गरेका हुन् ।

प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा कांग्रेस क्रियाशील सदस्यताबारे विवाद छ । असोज ५ का लागि वडा अधिवेशन तोकिए पनि विवाद समाधान हुन नसकेपछि अन्यौल छ ।

Advertisement

प्रदेश नम्बर २ का केही जिल्लामा विवाद समाधान भए पनि निर्वाचन समितिले भने एकैपटक सबै जिल्लाको नामावली सार्वजनिक गर्ने बताइरहेको छ ।

सभापति देउवाले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न नेताहरूसँग छलफल गरेका हुन् ।