November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

अब चाँडै सरकारले पूर्णता पाउँछ– प्रकाशमान सिंह

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब चाँडै सरकारले पूर्णता पाउने बताएका छन् ।

शनिबार गणेशमान सिंहको २५ ओैं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरु विच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन ढिलाई भएको र अब छिटै सरकारले पूर्णता पाउने बताए ।

उनले कम्युनिष्टहरूको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धन निर्माण भएको बताए । कम्युनिष्टहरू असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएका र कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाई थियो ।

Advertisement

सिंहले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए । पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए पनि बताए ।

त्यसैगरी सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ छ ।

उनले कांंग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको बताए । जस्तोसुकै अप्ठयारो परिस्थितीमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको बताए ।