November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नुवाकोटको म्यागङ गाँउपालिका-१ मा काँग्रेसको प्यानल विजयी

काठमाडौं । नुवाकोटको म्यागङ गाँउपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

निर्वाचन अधिकृतका अनुसार वडाध्यक्षमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर छन् भने नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरे ।

वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Advertisement

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई ९३, माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो ।