November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सुनसरीको दुहवी नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस निर्वाचित

इटहरी । सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बेदनारायण गच्छदार विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनयकुमार पोखरेललाई पराजित गरी गच्छदार निर्वाचित भएका हुन् ।

गच्छदारले ११९१६ मत ल्याएर विजयी भएका हुन् भने पोखरेलले ११४६१ मत प्राप्त गरेका छन्।

निउपमेयरमा पनि काँग्रेसकै मेनुका पोखरेल र्वाचित भएकी छन्। उनले ११४३० मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सरोजकुमार सिंहलले ५०८० मत प्राप्त गरेका छन्। 

Advertisement