बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । शर्माले एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाए ।
यस्तै उपमेयरमा नेकपा एमालेका बिना राना मगर निर्वाचित भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाइ २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।