August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त दलले शुक्रबार दर्ताको प्रमाणपत्र समेत लिएका छन् ।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । ती उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह गोलाकार भित्रको घण्टी पाएको जनाइएको छ ।

Advertisement