July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

झापामै उम्मेदवार बन्नेछु: विश्वप्रकाश शर्मा 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने बताएका छन् । काठमाडौं–५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै महामन्त्री शर्माले आफू झापा बाटै चुनाव लड्ने बताएका हुन् ।

शर्माले ट्वीट गर्दै भनेका छन्, ‘फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं–५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु, प्रेम उता घरजम यता कुरै हुन्न ।’

०७४ मा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित थिए ।

Advertisement