काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्ने भएको छ । बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्न लागेको हो ।
बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको सन्दर्भ र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने बताइएको छ ।