काठमाडौं । उपसभामुखमा इन्दिरा राना मगरले पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने बताएकी हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।