November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् । शनिवार सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै उनले ढिलो चाँडो काँग्रेस नै मुलुकको नेतृत्वमा आउने र काँग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरेका हुन् ।

प्रवक्ता महतले निर्वाचनमा काँग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको आरोप लगाए । उनले भने, ‘यो निर्वाचनमा काँग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर काँग्रेसलाई सत्ताभन्दा बाहिर पु¥याइएको छ । तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’

अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि काँग्रेसबाट मात्रै सम्भव रहेको बताए । ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ उनले भने ।

Advertisement