काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।
पौडेलले दिएको राजीनामा पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी स्वीकृत भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उनको राजीनामा स्वीकार गरेका हुन् ।