काठमाडौं। राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले लोकरिझ्याइँको राजनीति गरेको बताए । सोमबार चितवन-२ को चुनावी सभामा बोल्ने क्रममा थापाले लोकरिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरेका हुन्।
महामन्त्री थापाले भने, ‘लोकरिझाइँको राजनीतिले २/४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ । के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो ।’ ‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’, उनले थपे ।
महामन्त्री थापाले चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन मतदातासँग आग्रह गरे । अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन-२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले उपनिर्वाचनको दोषी संविधान नभएको बताए । उनले भने, ‘ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’