काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२, चितवन–२ र तनहुँ –१ तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको बताए । उनको अनुसार निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचान भइसकेका छन् ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका छन् । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रबन्ध गरिएको छ । उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थालको सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ ।
आयोगका सहायक प्रवक्ता सुवेदीले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, छाप, मसी लगायतका सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको बताए ।
प्रतिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये चितवन–२ र बारा–२ मा २/२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यसो हुँदा अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्दा गरिरहेका छन् । आयोगका अनुसार चितवन–२ मा २२, बारा–२ मा ३४ र तनहुँ–१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगका सहायक प्रवक्ता अर्यालले निर्वाचन आचार संहिता पूर्ण पालना गराउन सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराइएको बताए । आजदेखि मौन अवधि सुरु हुने भएको हुँदा उक्त अवधिमा मत माग्ने र प्रचारप्रसा गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको भनाई छ ।