November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादी पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ: शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई रोजगार दिनुपर्ने बताएका छन् । पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गर्दै उनले उनीहरुलाई रकमको सट्टा रोजगार दिनुपर्ने बताएका हुन् ।

कोइरालाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’

Advertisement