November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

रवि लामिछानेमाथि मकैको खोया प्रहार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । खोयाले आक्रमण गरेको आरोपमा ३७ वर्षीय युवा सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रानाभाटले रवि लामिछानेलाई लक्ष्य गर्दै खोया आक्रमण गरेको आरोप अस्वीकार गरेको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनले बसेको ठाउँबाट उछिट्टिएको भनेका प्रहरीले जनाएको ।

लामिछानेले भने आफूलाई मकैको खोयाले आक्रमण गरे पनि रानाभाटलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका छन्।

Advertisement

लमजुङको राइनास नगरपालिका– ८ घर भएका रानाभाट पोखरा बस्दै आएको र केही समय अघिसम्म अटो चलाउने र अहिले ड्राइभिङ पेशामा आबद्ध भएको प्रहरीले जनाएको छ ।