July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

इलामले काँध फेर्न खोजेको छ- महामन्त्री शर्मा

इलाम । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलामले काँध फेर्न खोजेको बताए । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले इलामले अब परिवर्तन खोजेको पनि बताएका हुन्।

महामन्त्री शर्माले भने, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने सङ्कल्प गर्नुहुनेछ । हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढङ्गले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’

निर्वाचनअघिको गठबन्धन गलत हुने पनि महामन्त्री शर्माले बताए । निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर काँग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको उनको भनाइ थियो। 

Advertisement