November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिने तयारी छ ।

Advertisement