November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू फागुन २१ गते हुने चुनाव नलड्ने घोषणा गरेका हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका अग्नि खरेललाई पराजित गर्दै सांसद निर्वाचित भएका शर्मालाई कांग्रेसले झापा–१ बाट सर्वसम्मत रुपमा उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

Advertisement