November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

देउवा पक्ष पुगेसँगै निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाली कांग्रेसभित्र विवाद बढेसँगै निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टीका नेता कायकर्ताहरूको बाक्लो उपस्थिति भएसँगै आयोगमा शुक्रबार थप सुरक्षा तैनाथ पनि बढाइएको हो ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुगेका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेका छन् भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित छन् ।

Advertisement