November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कांग्रेस आधिकारिकता विशेष महाधिवेशन पक्षलाई दिने आयोगको निर्णय 

काठमाडौं । निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ ।

एक जना आयुक्तको असहमतिका बीच अयोगका बहुमतले उक्त निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय रहेकाले त्यसको निर्णयलाई आधिकारिकता दिने पक्षमा उभिए भने आयुक्त जानकीकुमारी तुलाधरले त्यस निर्णयप्रति आफ्नो असहमति दर्ज गराइन् ।

Advertisement

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा रहेको दलमा पदाधिकारी हेरफेर भए दल दर्ता किताबमा अद्यावधि गर्नुपर्ने व्यवस्था अनुसार विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गरिदिने निर्णय बहुमतले गरेको हो ।

आयोगले आफ्नो निर्णयमा कांग्रेस पार्टीको विधान १७(२) मा रहेको ४० प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउपर्ने व्यवस्थालाई बाध्यकारी मानेको छ ।