November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

देउवा समूहले दायर गर्‍यो सर्वोच्चमा रिट

काठमाडौं । पार्टीसम्बन्धी निर्वाचन आयोगको निणयविरुद्ध नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगको निर्णय उल्ट्याउन माग गर्दै देउवा समूहले आइतबार रिट दर्ता गरेहको हो ।

रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन् ।

देउवा समूहका कानुन व्यवसायीले रिटको पेसी आजै तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको छ । सर्वोच्चले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ ।

Advertisement

निर्वाचन आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत पुगेको हो ।