काठमाडौं । नेपाली कांग्रेसका पाँचथर जिल्ला सभापति रुपनारायण जबेगुले रुख चिन्ह र चारतारे झण्डा मुनी गोलबद्ध भएर प्रतिनिधि निर्वाचनमा होमिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेसमा आस्थावान सबैको नासो रुख चिन्ह र चारतारे झण्डा रहेको भन्दै यसै मुनी नेपाली काँग्रेस पाँचथरका सबै तह तप्का अलमल नगरी निर्वाचनमा लाग्न हुन आग्रह गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसका निवर्तमान सह–महामन्त्री भीष्मराज आङदेम्बेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको स्पष्ट पारेका थिए ।
पार्टीभित्र देखिएको विवादलाई थाती राखेर देश र लोकतन्त्रलाई पहिलो प्राथमिकतामा राख्दै निर्वाचनमा होमिनु नै अपरिहार्य रहेको उनको भनाइ छ ।
विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नरेन्द्र केरुङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको छ । आज बसेको नेपाली काँग्रेस संसदीय बोर्डको बैठकले प्रतिनिधि सभा उम्मेदवारको टुङ्गो लगाएको हो । यससँगै पाँचथर गुटरहित कांग्रेस भएको एक नेताले बताए ।