काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।
पार्टी कार्यालय, सानेपामा बस्न लागेको बैठकमा तापालाई नेपाली कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवारको घोषणा गर्ने कार्यसूची रहेको बताइएको छ ।
सभापतिमा चयन भएपछि पहिलोपटक थापा पार्टी कार्यालय जान लागेका हुन्। यसअघि बानेश्वरको पार्टी प्यालेसमा नयाँ कार्यसमितिको बैठक बसेको थियो।
अदालतबाट समेत प्रारम्भिक सुनुवाइमा गगनकै पक्षमा आदेश आएपछि शेरबहादुर देउवा पक्षले उनलाई पार्टी कार्यालय दिन तयार भएको हो।