काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार हुन ‘अयोग्य’ भएपछि चौधरीको उम्मेदवारी खारेज हुने भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मंगलबार उम्मेदवारी दिएका चौधरीविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको थियो ।
चौधरीविरुद्ध निर्वाचन ऐनको दफा १३ अनुसार अयोग्य रहेको भन्दै परेको उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरिरहेको छ । छानबिन गरेर परेका उजुरीबारे आयोगले बिहीबार साँझसम्म निर्णय दिने तयारी गरेको हो ।