November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

गोरखा-२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । गोरखा–२ बाट उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी फिर्ता गरेका हुन् ।

उनले पार्टी निकट नेता र उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

भट्टराईलाई रास्वपाका सभापति रवि लामिछाने र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेताहरूले फोन गरेर उम्मेदवारी फिर्ता लिन र अभिभावकका रूपमा सघाउन आग्रह गरेको पनि उनले जानकारी दिए ।

Advertisement

भट्टराईले गोरखा–२ यसअघि ०७९ निर्वाचनमा माओवादी उम्मेदवार प्रचण्डलाई छाडिदिएका थिए ।

यसपटक पनि अब आफू चुनाव नलड्ने बताउँदै आएका भट्टराईले दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा–२ मा मनोनयन गरेका थिए ।