काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बतएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै घिसिङले मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वानसमेत गरेका हुन् ।
हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए ।
अध्यक्ष घिसिङले अब उज्यालो पार्टीले देशको नेतृत्व गर्ने पनि दाबी गरे । उनले भने, ‘यो उज्यालो नेपाल पार्टी गठन भएको ३ महिना मात्रै भयो । ३ महिना पनि पुगेका छैन । यो ३ महिना बीचमा कोमामा पनि गयो । १२ दिनको कोमाको कारण हामीलाई धेरै घाटा पनि भयो । तर कोमाबाट तन्दुरुस्त भएर आएका छौं । अब उज्यानो पार्टी देशको नेतृत् वगर्न अगाडि बढ्छ ।’
उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।