July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्र नभई बदल्ने आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।

बुधबार धनगढीमा आयोजित चुनावी सभामालाई सम्बोधन गर्दै लामिछानेले भने, “सटर बन्द हुन्छ । कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस् ।” उनले भारतमा रहेका सुदूरपश्चिमेलीहरूलाई पनि मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

सभामा लामिछानेले देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएको बताए । उनले भने, “यस पटक जनता जिताउने हो । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ । म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु। सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने मात्र होइन, बदल्ने हो ।”

Advertisement

लामिछानेले भने, “बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधि फाल्ने? पूरै फाल्ने कि आधा फाल्ने? प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी ।”