काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।
प्रधानमन्त्री नियुक्त नहुँदै उनले आफ्नो फेसबुकमा ‘balenforpmnepal@gmail.com’ नामको जिमेल अकान्ट अपडेट गरेका हुन्।
रास्वपाले प्रधानमन्त्रीका उम्मेदवारको रूपमा बालेनलाई अघि सारेको छ । पार्टीले बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चत छ। यद्यपी, प्रधानमन्त्रीका लागि प्रक्रिया पूरा नहुँदै बालेन्द्रले गरेको अकाउन्ट अपडेट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।