काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ । भर्चुअल बैठक बस्ने भएपछि केन्द्रीय कार्यालय चःमति पुगेका नेताहरू पनि फर्किन थालेका छन् ।
उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतमलगायत कार्यालय पुगेका थिए ।
यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय थियो ।
सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएका कारण रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्न लागेको हो।