November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएको बताइएको छ ।

थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक भएको छैन । शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने बताइएको छ ।

केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको र त्यही उक्त राजीनामाबारे छलफल हुने जनाइएको छ ।

Advertisement

कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।