November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ ।

निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सात वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न र केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको बताइएको छ ।

पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ ।

Advertisement