काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाहले जानीजानी संसद्को उपेक्षा गरेको आरोप लगाएका छन् ।
आइतबार प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा पौडेलले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको पौडेलको भनाइ छ ।
उनले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा छाएको दाबी गरे ।
महामन्त्री पौडेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित गरिएको उल्लेख गरे । यसरी सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोपसमेत उनले लगाएका छन् ।