काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत हुँदै ।