काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले आह्वान गरेको बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।
बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ ।