काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ। सोमबार बिहान ९ बजे बस्नेगरी सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्।
सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ।