काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज चितवनको भरतपुरस्थित सिएटी होटलमा बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।
यो बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ ।