August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

रास्वपा महामन्त्री पदमा मनिष झाको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

झाले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।

Advertisement