काठमाडौँ – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईमा लगातार बहस भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले गत पुस ५ गते संसद विघटन गरेपछि दर्ता भएको रिटमाथि बहस जारी छ ।
आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाईमा आज संवैधानिक इजलासभित्र गायिका अन्जु पन्तको गीतको चर्चा भएको छ ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले नेपालको संविधानलाई गीतसँग जोड्दै ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ भन्दै दुई लाइन गीत गाएका थिए ।
घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’